मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी कार्यकर्ताले शिक्षक कुटे

annapurnapost.com · Sat May 07 01:05:00 GMT 2022

जाजरकोट : नेपाली कांग्रेस र नेकपा माओवादी सत्ता साझेदार दलहरू हुन्। यी दललगायत सत्ता गठबन्धनको स्थानीय निर्वाचनका लागि धेरै जिल्लामा चुनावी तालमेल छ। तर, रुकुम पश्चिम यस्तो जिल्ला छ जहाँ माओवादी केन्द्रका कार्यकर्ताको व्यवहार र धङ्धङ्गी सशस्त्र युद्धकालकै छ। ऊ एक्लै चुनावी मैदानमा छ। अन्य पार्टीलाई उसले कहिल्यै मित्रवत व्यवहार नगरेको फरक मत राख्नेको आरोप छ। दादागिरीको राजनीति गरेको उनीहरूको भनाइ छ।

दिनहुँ फरक विचार र आस्था राख्ने पार्टीका कार्यकर्तालाई कुटपिट गर्ने कार्य सुरु भएको छ। बुधबार र बिहीबार कांग्रेस कार्यकर्ता कुटेका माओवादीले शुक्रबार एमाले निकट एक शिक्षकलाई दाँतै झर्ने गरी कुटपिट गरेका छन्। त्रिवेणी गाउँपालिका–८ का ३९ वर्षीय लोकबहादुर खड्कालाई रक्ताम्य हुने गरी माओवादी कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए। स्थानीय शुभप्रभात आधारभूत विद्यालयमा कार्यरत उनको कान, नाक र मुखमा चोट लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)