स्पेसएक्सको आईपीओसँगै एलन मस्क बने विश्वकै पहिलो ट्रिलियनेयर
techpana.com · Fri Jun 12 03:09:14 GMT 2026

काठमाडौँ । अन्तरिक्ष कम्पनी स्पेसएक्सको ऐतिहासिक आईपीओसँगै एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (१० खर्ब डलरको सम्पत्ति भएका व्यक्ति) बनेका छन् । शुक्रबार शेयर कारोबार सुरु भएसँगै टेस्ला र अन्य कम्पनीसहित उनको कूल सम्पत्ति १.१ ट्रिलियन डलर (११ खर्ब डलर) नाघ्ने अनुमान गरिएको हो ।
स्पेसएक्सले प्रति शेयर १३५ डलर मूल्य तोकेर इतिहासकै सबैभन्दा ठुलो ७५ अर्ब डलरको आईपीओ जारी गरेको छ । जसले कम्पनीको कूल मूल्याङ्कन करिब १.७७ ट्रिलियन (१७ खर्ब ७० अर्ब) डलर पुर्याएको छ । वासिङ्टन पोस्टका अनुसार यो कम्पनीले ठुला स्थापित प्रविधि कम्पनीहरूको तुलनामा निकै कम आम्दानी गर्ने र अत्यधिक नगद खर्च गरिरहेको भए तापनि मङ्गल ग्रहमा मानव पठाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता महत्त्वाकाङ्क्षी लक्ष्यहरूका कारण लगानीकर्ताहरू उत्साहित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
डोनाल्ड ट्रम्प
ट्विटर