न्युजिल्यान्डको लगातार चौथो जित
baahrakhari.com · Wed Oct 18 16:47:11 GMT 2023
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा साविक उपविजेता न्युजिल्यान्डले लगातार चौथो जित निकालेको छ । न्युजिल्यान्डले बुधबार सम्पन्न खेलमा अफगानिस्तानविरुद्ध १४९ रनको फराकिलो जित निकालेको हो ।
भारतको चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा सबै विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)