मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेमबहादुर श्रेष्ठ अक्षय कोषद्वारा ९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

abhiyandaily.com

भैरहवा । पञ्चकन्या समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षय कोषबाट ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शुक्रवार एक कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरिएको हो । कोटिहवामा रहेको पञ्चकन्या समूहले २०७० सालमा विद्यालयमा अक्षय कोष स्थापना गरेको थियो ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूका अनुसार २०७६ सालको एसईईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरेलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै २०७७ सालको एसईईमा विद्यालय प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल तथा २०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई समेत छात्रवृत्ति प्रदान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)