दर्लिङखोला पोषणमैत्री वडा घोषित
gorkhapatraonline.com · Fri Jun 12 03:23:41 GMT 2026

बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलालाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले निर्धारण गरेका सबै सूचक पूरा गरेपछि दर्लिङखोलालाई उक्त घोषणा गरिएको हो।
संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० लागू भएपछि देशभरका ७५३ स्थानीय तहअन्तर्गतका वडामध्ये सबै सूचक शतप्रतिशत पूरा गरी औपचारिक रूपमा घोषणा हुने पहिलो वडा दर्लिङखोला बनेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)