आचार्यलाई श्रदाञ्जली दिदैँ सिके राउत भन्छन्- सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो ?
ekagaj.com · Wed Jan 25 05:22:54 GMT 2023
काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले प्रेम आचार्यको आत्मदाह अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रविरुद्धमा नेपालमा ल्याउने क्रान्ति रहेको बताएका छन् ।
‘कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो,’ राउतले भनेका छन्,' हार्दिक श्रद्धाञ्जली
।'
नेतातन्त्र र नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दु:खद रहेको उनको भनाइ छ ।
आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह प्रयास गरेका थिए । तत्कालै उनको उद्धार गरि किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गर्न लगिएको थियो ।
आज बिहान ५ बजे उपचारको क्रममा उनको निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)