जसपा बैठकमै कुटाकुट
rajdhanidaily.com · Thu Jun 09 00:42:12 GMT 2022
जनकपुरधाम । धनुषा जिल्लास्थित एक होटेलमा भइरहेको जनता समाजवादी पार्टीको निर्वाचनको समीक्षा बैठकमा नेताबीच कुटाकुट भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरू कुटाकुट गरेका हुन् ।
नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित होटेल बाबाको ढाबामा सो कुटाकुट भएको हो । सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवल समूहको अन्तर्घातको आरोप लगाएका थिए । उनी सिटमा मात्र के बसेका थिए, यादवका समर्थकले उनीमाथि कुटपिट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)