पाँच वर्षमा पाँच कूटनीतिक नोट, भारतले जवाफै दिएन
ekantipur.com · Sat Sep 04 00:48:22 GMT 2021
काठमाडौँ — भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा नेपाली युवा महाकालीमा खसेर बेपत्ता भएको घटनाबारे भारतले औपचारिक जानकारी नपाएको प्रतिक्रिया दिएको छ, यता नेपाल सरकार भने औपचारिक जानकारी दिनसमेत हिचकिचाएको छ । तुइन प्रकरणमा पठाएको पत्र अलपत्र परेका बेला गृहले हेलिकोप्टर प्रकरणमा परराष्ट्रलाई अर्को पत्र पठाएको छ ।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले कूटनीतिक नोट पठाउने सम्बन्धमा बिहीबार परराष्ट्र सचिव भरतराज पौड्याललाई बोलाएर छलफल गरेका थिए, तर शुक्रबार बेलुकासम्म प्रगति भएको छैन । यस विषयमा औपचारिक प्रतिक्रिया दिन परराष्ट्रका कुनै पनि अधिकारी तयार भएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)