मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रशासन संयन्त्रको चुलिँदो जिम्मेवारी

rajdhanidaily.com · Thu Jun 24 23:24:03 GMT 2021

मुलुक राजनीतिक रूपमा संकटग्रस्त अवस्थामा छ । राजनीतिक दलबीच देखिएको झैझगडा र वैमनस्यताका कारण देशमा एकपछि अर्को समस्या देखापरिरहेको छ । विशेषगरी प्रतिनिधि सभा विघठनसँगै राजनीति अस्थिर बन्न पुगेको छ । नेताहरूको लगातारको झंैझगडा र कुर्सी लडाइँले आमजनतामा राजनीति र नेताप्रति नै वितृष्णा सिर्जना भएको छ । कोभिड–१९ को संकट बेहोरिरहेका जनताले नेताहरूको नांगो नाच हेर्न विवश भइरहेका छन् । देशमा संकट बढ्दै गए पनि हाम्रो राजनीतिक दल र नेताबीच एकता, सद्भाव, सहकार्य र मेलमिलाप नदेखिनुले मुलुक अझै भयानक दुर्घटनातर्फ जाने हो कि भन्ने चिन्ता र चासो सर्वत्र बढिरहेको छ । यस्तो अवस्थामा स्थायी सरकारका रूपमा रहेको प्रशासन संयन्त्रले मुलुकमा देखिएका जनताका समस्या समाधान गर्न विशेष पहल गर्नुपर्छ । राजनीतिक नेतृत्वले काम गर्न सकेन भन्दै प्रशासन संयन्त्र जुम्सो भएर किमार्थ बस्नुहँुदैन । यस्तै, संकटको समयमा नै हो स्थायी सरकारको रूपमा रहने कर्मचारी संयन्त्रको महŒव बढ्ने । चुनौतीलाई पार लगाउँदै जनताको पक्षमा प्रभावकारी काम गर्न सकेमा मात्रै प्रशासन संयन्त्रको शाख उच्च हुन सक्छ । त्यसैले यतिखेर प्रशासनलाई आफ्नो साख उच्च बनाउने अवसर प्राप्त भएको छ यो अवसलाई गुम्न दिनुहँुदैन ।

विशेष गरी प्रतिनिधि सभा दोस्रोपटक विघठन भएर निर्वाचन घोषणा गरिएपछि मुलुकमा केही अन्योलता देखापरेको छ । निर्वाचन घोषणा गरिए पनि निर्धारित समयमा हुने वा नहुने भन्नेमा अन्योलता सिर्जना भएको छ । सरकारले सोचेअनुसारका कामहरू अघि बढाउन सकेको छैन । अन्य राजनीतिक दलका नेताहरू कसरी हुन्छ सरकारलाई विस्थापन गरी आफंै सरकारमा आउनेगरी कुर्सी खेलमा नै व्यस्त छन् । कोरोना कहरबाट जनतालाई कसरी बचाउने र सुरक्षित राख्ने भन्नेबारेमा दल र तिनका नेताहरूलाई खासै मतलब छैन । यस्तो महासंकटको समयमा सर्वोच्च अदालतले निर्वाचन घोषणा भइसकेको र सरकार काम चलाउ भएको भन्दै केही दिनअघि मात्रै मन्त्रिमण्डल पुनगर्ठन गर्दा थपिएका २० जना मन्त्रीलाई एकैपटक काम गर्नबाट रोक लगाएको छ । यतिखेर २० वटा महŒवपूर्ण मन्त्रालय मन्त्रीविहीनको अवस्थामा रहेका छन् । जसका कारण सरकार पक्षघातजस्तै बन्न पुगेको छ । त्यसैले पनि कर्मचारी संयन्त्रको आवश्यकता र महŒव बढेर गएको हो । बिहीबार मात्रै प्रधानमन्त्रीले एकै मन्त्रीलाई ४÷५ वटा मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसरी दिइएको जिम्मेवारीअनुसार मन्त्रीलाई काम गर्न निकै कठिन हुनेछ । त्यसैले मन्त्रालयको प्रशासनिक नेतृत्व नै काममा खट्नुपर्ने अवस्था सिर्जना भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)