डीएसपी गोविन्द पन्थीलाई अन्तर्राष्ट्रिय अवार्ड
ratopati.com · Sat Feb 17 17:18:00 GMT 2024
काठमाडौँ । नेपाल प्रहरीका डीएसपी गोविन्द पन्थीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । ‘किन इन्डिया’ ले डीएसपी पन्थीलाई अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड प्रदान गरेको हो । ‘किन इन्डिया’ मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्ने संस्था हो ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहँदा डीएसपी पन्थीले मानव बेचबिखनविरुद्ध उत्कृष्ट अनुसन्धान गरेको सो संस्थाको ठहर छ । अहिले उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । सन् २०२३ मा बेचबिखनको क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्र भट्टराई सहितको टिमले उनलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)