ओखलढुङ्गामा नेकपा एस र जसपा एक्ला एक्लै चुनाव लड्ने
nepalghatana.com · Sat Apr 23 17:38:00 GMT 2022
ओखलढुङ्गामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक्ला एक्लै चुनावमा जाने तयारी गरेका छन् । गठबन्धनका साझेदार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले तालमेल गरेर दुई दललाई सामेल गराएपछि यस्तो अवस्था आएको हो ।
जिल्लाका केही पालिका र वडाहरुमा एक्लै चुनाव लड्ने तयारी गरिएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नेत्रप्रसाद भट्टराईले बताउनुभयो । केन्द्रीय सदस्य भट्टराईका अनुसार जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका बाहेक अन्य सातवटा पालिका र ३० वटा वडामा नेकपा एसले उम्मेदवारी दिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)