खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक : पार्टी एकता गर्नुपर्नेमा जोड
baahrakhari.com · Sun Jul 25 14:56:00 GMT 2021
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले छलफल गरेका छन् । आइतबार शंखमुलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा नेताहरूले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् । धेरै सदस्यहरूले पार्टी एकता गरेर जानुपर्ने सुझाव राखेको नेता रघुजी पन्तले जानकारी दिए । उनका अनुसार बैठक भोलि सोमबार पुनः बस्नेछ ।
“एकता गरेर जानुपर्छ भनेर धेरै साथीहरूले राय राख्नुभयो । छलफल टुंगिएको छैन । फेरि बस्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)