मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

करणले दोस्रो पटक लिए ५ विकेट

baahrakhari.com · Tue Jun 14 19:33:00 GMT 2022

काठमाडौं । अलराउन्डर करण केसी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दोस्रो पटक ५ विकेट लिन सफल भएका छन् ।

करणले मंगलबार राति ओमानविरुद्ध ९ ओभरमा ३३ रन दिएर ५ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो दोस्रो पाँच विकेट हो । यससँगै करण नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक पाँच विकेट लिने दोस्रो खेलाडी बनेका छन् । करणले यसअघि अमेरिका भ्रमणमा ओमानविरुद्ध नै पाँच विकेट लिएका थिए । उक्त खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)