मेमिसाको ‘निदरी’मा पल र रस्मिताको रोमान्स
rajdhanidaily.com · Wed Mar 18 07:28:17 GMT 2026

काठमाडौँ । गायिका मेमिसा घलेको कौडा गीत निदरी सार्वजनिक गरिएको छ । उनी युकेलाई कर्मथलो बनाए पनि नेपाली गीतसंगीतमा सक्रिय छिन् । गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि डिआरकै रहेको छ । गीतको निर्माता धन घले हुन् । निर्माता धन र गायिका मेमिसा श्रीमान् श्रीमती हुन् ।
डिआर सुजनका अनुसार ‘निदरी’ गीत बनाउने सोच युकेमै बसोबासका क्रममा आएको हो। त्यहीँ रहँदा केही फरक र मौलिक गीत बनाउने योजना बनेको र त्यसैको परिणामस्वरूप ‘निदरी’ तयार भएको उनले बताए । गीतमा घले समुदायको संस्कृति झल्काइएको छ भने भिडियोमा १० भन्दा बढी जिल्लाका घले समाजलाई समेटिएको छ । यसले समुदायको सांस्कृतिक प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ। गीतका शब्दहरूमा पनि सांस्कृतिक पहिचानलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
गीतको भिडियो मेमिसा घलेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्माता धन घलेका अनुसार अडियो र भिडियो निर्माणमा करिब १० लाख रुपैयाँ खर्च भएको छ।
गीतको भिडियोमा नायक पल शाह र मोडल रस्मिता तामाङको नृत्य तथा रोमान्स प्रस्तुत गरिएको छ। नेपाल आएको अवसरमा सार्वजनिक गरिएको यस गीतको भिडियोमा उनी स्वयं पनि देखिएकी छन्। साथै, निर्माता धन घले र गायक, लेखक तथा संगीतकार डिआर सुजन पनि भिडियोमा समावेश छन् ।
भिडियोको कोरियोग्राफी तथा निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका छन् । गायिका मेमिसा घलेले यसअघि पनि केही गीत गाइसकेकी छन्, तर ‘निदरी’मा लगानी र मेहनत दुवै हिसाबले विशेष काम गरिएको उनले बताइन् ।
सम्बन्धित समाचार
प्रवासबाट कुमारको ‘कम्पनी’ लोकार्पण
प्रहरीले पक्राउ गर्न खोजेपछि गायक बादशाह भूमिगत
भारतमा पनि राम्रो चल्यो अनमोलको ‘जेरी अन टप’
दीपकराज गिरी सत्ताको प्रतिपक्षमा रहने
‘कल्की २८९८ एडी–२’ मा कमल हासनले लिए १५० करोड
अभिनयबाट किन विश्राम लिँदैछन वरुण धवन
विजय मल्लको नाटकलाई पर्दामा उतारे निर शाहले
यौन व्यवसायीको कथा बोकेर आयो ‘लालिमा’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)