किशोरीको उपचारमा आर्थिक अभाव
deshsanchar.com · Mon Nov 20 17:15:54 GMT 2023
खोटाङ – घरमा आगलागी भएपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया सरिता तामाङको उपचारमा आर्थिक अभाव भएको छ।गएराति मावली घर किशोर राईको घरमा आगलागी भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा गम्भीर घाइते भएकी सरिताको उपचारमा आर्थिक अभाव भएको हो।
जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएकी किशोरीको उपचारमा आर्थिक अभाव भएपछि आफन्त तथा शुभेच्छुकले गाउँपालिका र काठमाडौँमा सहयोग सङ्कलन सुरु गरेका छन्। सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि ज्यान जोगाउन भाग्ने क्रममा लडेकी सरिताको बायाँ हात र तीन वटा दाँत भाँचिएको स्थानीय बासिन्दाले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)