विश्वकपलाई जापानी टिम घोषणा
ekantipur.com · Wed Nov 02 00:50:50 GMT 2022
टोकियो — जापानी फुटबल टिमका व्यवस्थापक हाजिमे मोरियसुले कतारमा हुने विश्वकपका लागि मंगलबार टिम घोषणा गर्दै आफ्नो टिम ‘फुटबलको सबैभन्दा ठूलो पीडाको बदला लिने भावना’ मा नरहेको बताएका छन् ।
उनले बार्सिलोना युवा टिमका पूर्वस्टार ताकेफुसा कुबो र ब्राइटनका काओरो मितोमालाई समेट्दै जापानले विश्वकपका लागि २६ खेलाडीको टिम घोषणा गरेको हो । समूह ‘ई’ मा रहेको जापानले जर्मनी, स्पेन र कोस्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जापानले पछिल्ला ६ वटै विश्वकप खेलेको छ तर पहिलोपल्ट सन् १९९४ (अमेरिका) को संस्करणमा खेल्ने उसको प्रयासलाई दोहामा भएको छनोटको अन्तिम खेलको अन्तिम मिनेटमा इराकले गोल गरेपछि असफल पारिदिएको थियो । उक्त खेललाई जापानले ‘दोहा त्रासदी’ को रूपमा लिने गर्छ । उक्त खेल खेलेका मोरियसु भने ‘यो महिना त्यो भूत’ बिर्साउन तयार रहेको बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)