सर्पदंश रोकथाममा धनगढीको आफ्नै जुक्ति
ekantipur.com · Sat Aug 26 16:52:45 GMT 2023
धनगढी — गर्मीयाममा तराई क्षेत्रका बजार र बस्तीमा सर्प देखिनु नौलो होइन । घर, गाईवस्तुका गोठ, कुखुरा, सुँगुर बंगुरका खोरभित्र सर्प पसेको भेटिए त्यसलाई बाहिर पठाउन निकै सास्ती हुन्छ । मान्छेलाई सर्पबाट जोखिम, सर्पलाई मान्छेबाट । त्यसैले कतै मान्छे र घरपालुवा पशुपक्षी सर्पदंशको सिकार हुन्छन्, धेरै ठाउँ त्यसरी देखापरेका सर्प मारिन्छन् । धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सर्प र सर्पलाई पनि जीवनरक्षा हुनेगरी अभियान थालेको छ ।
नगरभित्र कतै बस्ती क्षेत्रमा सर्प देखापरेमा टोली पुग्छ र सुरक्षित तवरले समातेर टाढा लगेर छाड्छ । उपमहानगरको विपद् व्यवस्थापन शाखाअन्तर्गतको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले बाढी, डुबान र आगलागीजस्ता प्राकृतिक प्रकोपसँगै सर्पबाट उद्धारको काम थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)