सर्लाहीका घनबहादुर भारतको कोलकातामा अलपत्र
nayapatrikadaily.com · Wed May 17 15:42:00 GMT 2023
भारतको कोलकातामा नेपाल घर बताउने एक वृद्ध अलपत्र अवस्थामा भेटिएका छन् । सर्लाहीको लालबन्दी घर बताउने ६५,६६ वर्षीयजस्तो देखिने वृद्ध कोलकातादेखि करिब १५० किलोमिटरको दूरीमा रहेको सुन्दरवन क्षेत्रमा भेटिएका हुन् । उनले आफ्नो नाम घनबहादुर वाइबा बताउने गरेका छन् ।
शारीरिक अवस्था कमजोर देखिने ती वृद्ध कोलकाताको सडकमा अलपत्र अवस्थामा भेटिएको वेस्ट बंगाल रेडियो क्लबको ह्यामका सचिव अम्बरिस नाग विश्वासले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)