मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निकुञ्ज घुम्ने विदेशी बढे

ekantipur.com · Tue Mar 14 01:32:58 GMT 2023

चितवन — कोरोनाको जोखिम कम भएसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीसँगै विदेशी पर्यटकको संख्या बढेको छ । एकसिंगे गैंडा, पाटे बाघ जस्ता दुर्लभ वन्यजन्तु हेर्न रुचाउने पर्यटकका लागि चितवन निकुञ्ज देशको प्रमुख गन्तव्य हो । चालु आर्थिक वर्षको फागुन २८ सम्म १ लाख ९१ हजार ८ सय ८३ जनाले निकुञ्ज घुमेको सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

अघिल्लो आर्थिक वर्षको १२ महिनामा कुल १ लाख ९० हजार ४ सय ५८ जनाले निकुञ्ज घुमेका थिए । कोरोना कहर बढ्दा पर्यटकीय गतिविधि शून्य जस्तै थियो । साम्य भएका बेलामा निकुञ्ज घुम्ने धेरैजसो पर्यटक स्वदेशी नै हुने गर्दथे । यो वर्ष विदेशी पर्यटकको संख्या पनि बढेको छ । गएको आर्थिक वर्षमा निकुञ्ज घुम्नेमध्ये सार्क राष्ट्रबाहेकका विदेशी पर्यटक १४ हजार ८ सय ८ जना थिए । यस वर्ष हालसम्म सार्क राष्ट्रबाहेकका ३२ हजार विदेशी पर्यटकले निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)