नाबालकले चलाएको पिकअप ट्रकको ठक्करबाट १० भिक्षुको मृत्यु, पाँच गम्भीर घाइते
nagariknews.nagariknetwork.com · Fri Jul 03 13:32:19 GMT 2026

थाइल्याण्डको मुक्दहानमा बिहीबार ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकको ठक्करबाट ज्यान गुमाउने बौद्ध भिक्षुको संख्या १० पुगेको छ। घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बालकले आफ्ना आमाबाबुको पिकअप ट्रक अनुमति बिना चलाएका थिए। बिरामी भएकाले त्यो दिन स्कुल नगएका उनी घरमा एक्लै थिए। करिब १० किलोमिटर गाडी चलाइसकेपछि नियन्त्रण गुमाएका उनले सडकको छेउमा लाइन लागेर हिँडिरहेका भिक्षुहरूको जुलुसमा ट्रक कुदाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)