झिम्पा गाउँका घर-घरमा शुद्ध पानी, पर्याप्त सिँचाइ
nepalsamaya.com · Sun Dec 03 16:17:00 GMT 2023
गलकोट- बागलुङको निसीखोला गाउँपालिकामा पछिल्लो समय विकासले गति लिएको छ। मध्यपहाडी लोकमार्गले चिरेर रुकुमबाट अगाडि बढेपछि यस क्षेत्र बिस्तारै सुगम बन्दै जान थालेको छ भने सडकपछि खानेपानी र शिक्षामासमेत उल्लेखनीय परिवर्तन हुन थालेको हो। निसीखोला गाउँपालिका-४ झिम्पामा गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ।
‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आँगनमै धारामा पानी आउन थालेपछि निकै सजिलो भएको स्थानीय झोजी मगरले बताइन्। 'घर सफा भयो, सबैलाई सुविस्ता भयो, पानी बोकेर खानु परेन गाग्रीमा बोकिन्थ्यो र अहिले त गाग्रीमा भरेर ढोकामै राखेजस्तो भएको छ', उनले भनिन्, 'आँगनमै धारो भएपछि त गाग्रीमा थापेर राख्नै पर्दैन।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)