कृष्ण सिटौला पूर्वराजा, एमाले र राप्रपाको त्रिपक्षीय चेपुवामा
janaaastha.com · Thu Sep 29 15:15:15 GMT 2022
गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्र शाहले आफूमाथि ‘इगो’ राख्ने गरेको नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाको बुझाइ छ । शाहलाई राजगद्दीबाट बिदाई गर्नेक्रममा गृहमन्त्रीको हैसियतमा सिटौला दरबार पुगेका थिए । यसकारण उनलाई फेरि पनि चुनावमा पछारेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयी गराउन पूर्वराजा सक्रिय हुनसक्ने विशेषगरी काँग्रेसवृत्तमा आशंका गर्न थालिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको दमकलाई पूर्वराजा ज्ञानेन्द्रको दोस्रो घरको रुपमा लिइन्छ । सोही क्षेत्रमा उनको चिया बगान रहेको बताइन्छ । चिया बगानमा बसेर ज्ञानेन्द्रले स्थानीय नेता, शुभेच्छुक, शुभचिन्तकहरुसँग भेटघाट गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)