संसदमा अमरेश सिंहको असन्तुष्टि : नयाँको नाममा सबै भत्काउने होइन
annapurnapost.com · Tue May 19 08:19:07 GMT 2026

काठमाडौं : सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बजेटका प्राथमिकतामाथि छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किँदै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । पछिल्लो २० वर्षदेखि पहिलो पटक देख्दै छु, अर्थमन्त्री बिनाको छलफल, नयाँको नाममा सबै चीज भत्काउने भए सिंहदरबार, प्रधानमन्त्री, मन्त्री पद पनि भत्काउ ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)