काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्स्पो’ शुरू
abhiyandaily.com
काठमाडौं (अस) । भारतका ४० भन्दा बढी विश्वविद्यालयको सहभागिता रहेको ‘स्टडी इन इन्डिया एक्स्पो’ काठमाडौंमा शुरू भएको छ । अफेयर्स नेपालको आयोजनामा बृहत् शैक्षिक मेला बिहीवारदेखि शुरू गरिएको हो ।
आयोजकका अनुसार एक्स्पोमा विभिन्न विश्वविद्यालयका दुई सयभन्दा बढी शैक्षिक कार्यक्रमका बारेमा जानकारी दिइनेछ । नेपाली विद्यार्थी र अभिभावकलाई ध्यानमा राख्दै मेला आयोजना गरिएको बताइएको छ । शैक्षिक मेलामा नयाँ पाठ्यक्रम, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, छात्रवृत्ति लगायत विषयमा पनि जानकारी गराइने आयोजकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)