भूकम्पपीडितलाई चिसोको जोखिम कहिलेसम्म ?
ekantipur.com · Mon Nov 13 01:54:01 GMT 2023
चिसोको मारमा भूकम्पपीडित, २ को मृत्यु’ शीर्षकको खबरले हामीले सबैलाई दुःखित तुल्याएको छ । भूकम्प प्रभावित क्षेत्रमा पर्याप्त सामग्री वितरण हुन नसक्दा जाजरकोट र रुकुम पश्चिमका पीडितले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । दैनिक चिसोका कारण कष्टकर बनेको पीडितको जीवन सहज बनाउनु राज्यको कर्तव्य हो । जाडो बढ्दै जाँदा श्वासप्रश्वास प्रणालीमा बढी असर पर्न थालेको छ ।
बिहीबार र शुक्रबार मृत्यु हुने नलगाड नगरपालिका–४ का महिला र पुरुष पनि निमोनिया र दमका रोगी भएको समाचार सार्वजनिक भएको छ । उनीहरू एकसरो कपडाको भरमा त्रिपालमा बस्नुपरेको थियो । अन्य पीडितलाई पनि पर्याप्त न्यानो कपडा छैन । यस्तो परिस्थितिमा चिसोको जोखिम बढ्नु स्वाभाविक हो । चिसोबाट बढी प्रभावित लहँ गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटरको उचाइमा रहेको छ । असोजदेखि नै त्यहाँ तुषारो पर्न थालिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)