मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सगरमाथा आरोहीलाई विद्युतीय चिप्स

gorkhapatraonline.com · Sun Mar 03 00:12:08 GMT 2024

काठमाडौँ, फागुन २० गते । सरकारले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने आरोहीले लगाउने विशेष पोसाक (ज्याकेट) मा विद्युतीय चिप्स जडान गर्ने भएको हो ।

विभागका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न जाने आरोही समस्यामा पर्दा आपत्कालीन उद्धार र खोजी कार्यमा सहयोग पु¥याउन प्रविधि जडान गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आरोही दुर्घटनामा पर्ने, हराउने, लेक लागेर बिरामी हुने जस्ता समस्यालाई दृष्टिगत गर्दै विभागले सबै आरोहीको पोसाकमा चिप्स जडान गर्ने तयारी गरेको हो । यसले हराएका आरोहीको ठेगानालगायतका अवस्था पत्ता लगाउन सहयोग पुग्ने छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)