फरार प्रतिवादी पक्राउ
lokaantar.com · Wed Jan 18 23:34:50 GMT 2023
गत जेठ ११ गतेको फैसला आदेशले अवैध काठ ओसारपसार गरी चिरान गरेको मुद्दामा २ लाख ९५ हजार १३७ रुपियाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय वर्दियाले फरार प्रतिवादी सुरेशराज चौधरीलाई वर्दियाको बानियाभारबाट बुधबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बानियाभारबाट खटेको प्रहरी टोलीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी वर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)