सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
ratopati.com · Fri Jul 03 13:45:44 GMT 2026
धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड अन्तर्गत ‘वर्ष प्रशिक्षक’ विधाको अवार्ड विष्णुदत्त भट्टले प्राप्त गरेका छन्। खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रममा भट्टलाई उक्त अवार्डसहित नगद ३० हजार रुपैयाँ प्रदान गरिएको हो।
यस विधामा क्रिकेटका धिरेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतम पनि मनोनयनमा परेका थिए। भट्टले बङ्गलादेशविरुद्धको कबड्डी शृङ्खलामा नेपाली टोलीलाई स्वर्ण पदक दिलाउनुका साथै दोस्रो विश्वकप कबड्डीमा नेपाललाई चौथो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। सोही योगदानको कदर गर्दै उनलाई वर्ष प्रशिक्षकको अवार्ड प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)