तेह्रथुमको फेदापमा लागेको आगलागी नियन्त्रणमा : १७ वटा घर जले
Ujyaaloonline.com · Mon Mar 18 00:48:54 GMT 2024
काठमाण्डौ – तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेर आगो निभाइएको फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जलेका छन् । गाउँको पुछारमा रहेको वनमा दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो । आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र मान्छे नबसेका अरु ७ वटा घर जलेका छन् । धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेका गाउँपालिकाका अध्यक्ष भेटवालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)