यस कारण स्थगित भयो प्रतिनिधिसभा बैठक
nagariknews.nagariknetwork.com · Tue May 19 08:38:19 GMT 2026

प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग गर्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुँदा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए। उनले अर्थमन्त्री उपस्थित हुनैपर्ने अडान राखेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसबारे अर्थमन्त्रीलाई खबर पठाइसकेको जानकारी दिए। उनले अर्थमन्त्री नआइपुगुञ्जेलसम्म आफ्नो धारणा राख्न सांसद राईलाई आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)