मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनास्लु आरोही तथा पर्यटन व्यवसायी २७ जना सम्मानित

gorkhapatraonline.com · Fri Jun 12 04:07:31 GMT 2026

विश्वको आठौँ अग्लो शिखर मनास्लु हिमाल सफलतापूर्वक आरोहण गर्ने २७ जना आरोही तथा पर्यटन व्यवसायीलाई चुमनुब्री गाउँपालिकाले सम्मान गरेको छ। हिमाली पर्यटन प्रवर्द्धन, मनास्लु क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार तथा पर्वतीय पर्यटनमा योगदान पुर्‍याउने आरोही र व्यवसायीलाई बिहीबार सम्मान गरिएको हो।

नेपाल पर्वतारोहण संघ र मनास्लु संरक्षण क्षेत्र आयोजनाको सहकार्यमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको पर्वतीय पर्यटनलाई विश्वमाझ चिनाउन योगदान पुर्‍याएका गोरखाका २७ जना आरोही, पर्यटन व्यवसायी तथा सरोकारवालालाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)