सबै कुरा भत्काउँदै जाने हो भने सिंहदरबार, प्रधानमन्त्री पद पनि भत्काऊँ– अमरेश सिंह
setopati.com · Tue May 19 08:36:49 GMT 2026

प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले पुराना कुरा भत्काउने नाममा सबै परम्परा भत्काएको भन्दै असन्तुष्टि जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेका सिंहले प्रिबजेट छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित नभएको भन्दै आपत्ति जनाए।
‘२० वर्षे कार्यकालमा पहिलोपटक नयाँ देख्दैछु, अर्थमन्त्री पनि नभइकन बजेटको प्रथामिकतामाथि छलफल भइरहेको छ। यो कस्तो परम्पराको सुरूआत हुँदैछ? नयाँको नाममा सबै कुरा भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काऊँ, प्रधानमन्त्री पद पनि भत्काऊँ, मन्त्री पनि भत्काउँ, सबै चिज परिवर्तन गरौं न,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)