मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

७५ विद्यार्थी कोचाकोच

annapurnapost.com · Wed Sep 14 01:05:00 GMT 2022

जाजरकोट : जिल्ला सदरमुकामस्थित त्रिभुवन नमुना माविको ७ कक्षामा अध्ययनरत आकृति शाही एउटै बेन्चमा धेरै जना बस्नुपर्दा हैरान छिन्। धेरै विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउँदा कोचिएर बस्नु परेको उनको गुनासो छ। उनले भनिन्, ‘विद्यार्थी संख्या धेरै छ। तर, बेन्चको संख्या थोरै र कक्षा कोठा साँघुरो हुँदा हामीलाई पढ्नै कठिन भयो।’

सेक्सनको व्यवस्था गरिदिन आग्रह गर्दा पनि शिक्षकहरूले बेवास्ता गरेको शाहीको गुनासो छ। ७ कक्षामा ७५ विद्यार्थी कोचिएर पढ्न बाध्य छन्। सबै जना आएको दिन एउटै बेन्चमा ६–७ जनासम्म बस्ने गरेको अर्की छात्रा करुणा मल्लले बताइन्। भनिन्, ‘कोचाकोच हुँदा लेख्न, पढ्न समस्या एकातिर हुन्छ भने अर्कोतिर हल्ला भएर पढाएको बुझ्नसमेत गाह्रो हुन्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)