मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्ना ऐन जाँच्दै गण्डकी प्रदेश सभा

gorkhapatraonline.com · Fri Jun 12 04:10:12 GMT 2026

गण्डकी प्रदेश सभाले स्थापनाको करिब नौ वर्षमा ९० वटा ऐन बनाएको छ । पहिलो कार्यकालमा ५९ र दोस्रो कार्यकालमा ३१ वटा ऐन बनेका छन् । प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायिकी परीक्षण थालिएको छ ।

प्रदेश सभा सचिवालयका कानुन उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मसौदा बनेको र प्रदेश सभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो । गण्डकीमा सामान्यतया निर्माण भएको तीन वर्ष पूरा भएका ऐनको उत्तरविधायिकी परीक्षण गर्ने तयारी छ । अहिलेसम्म बनेका संशोधन, सालबसाली र खारेजी ऐन घटाउँदा प्रदेशमा ५५ वटा कार्यान्वयनमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)