आजको विदेशी मुद्राको विनिमय दर
merolifestyle.com · Sun Nov 13 05:48:16 GMT 2022
आइतबार अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६० पैसा र बिक्रीदर १३१ रुपैयाँ २० पैसा तोकिएको थियो।
नेपाल राष्ट्र बैंक ले आइतबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १३२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३३ रुपैयाँ १४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)