मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख

barnanmedia.com · Fri May 16 22:06:13 GMT 2025

युरोपेली सङ्घ (ईयू) का अध्यक्ष उर्सुला भन डर लायनले शुक्रबार आफना धारणा व्यक्त गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिका लागि तयार हुनुहुन्जेलसम्म आवश्यक कूटनीतिक र आर्थिक दबाब जारी राखिने बताएकी छन् । उनले मस्को विरुद्ध १८ औँ प्रतिबन्ध प्याकेजको तयारी सुरु भइसकेको जानकारी दिइन् ।

‘हामी सबै शान्ति चाहन्छौँ र शान्तिको मार्गतर्फ अघि बढ्न हामीले आवश्यक पहल गर्नुपर्छ । जबसम्म राष्ट्रपति पुटिन शान्तिका लागि तयार हुनुहुन्न, तबसम्म दबाब कायम राख्न जरुरी छ,’ अध्यक्ष भन डर लायनले तिरानामा आयोजित युरोपेली नेताहरूको भेला कार्यक्रममा पत्रकारहरूसँग भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)