खेमराज सम्झिएर तुम्लिङटारमा सांगीतिक उत्सव
ekantipur.com · Sat Nov 08 06:18:42 GMT 2025

संखुवासभा — खाँदबारी नगरपालिका–९, तुम्लिङटारको ऐतिहासिक शुक्रबारे हटिया परिसर शुक्रबार साँझ गीतसंगीतले गुञ्जायमान बन्यो । 'खेमराज स्मृति साँझ–२०८२' का अवसरमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकार एउटै मञ्चमा आउँदा सांगीतिक माहोल तातिएकाे थियाे ।
तुम्लिङटार स्पोर्टिङ क्लबको आयोजना रहेको कार्यक्रममा डेढ दर्जनभन्दा बढी चर्चित तथा स्थानीय कलाकारले मञ्च तताउँदा उपस्थित दर्शक उत्साहमा ताली, नाच र जयजयकारमा रमाएका देखिन्थे ।
कार्यक्रमको मुख्य आकर्षण थिइन् लोकप्रिय गायिका रचना रिमाल, जसले ‘बल्छी काँडै’, ‘ऐना दर्पणमा’ लगायत आधा दर्जन हिट गीत प्रस्तुत गर्दै दर्शकको मन जितिन् । उनको प्रस्तुति सुरू हुँदै कार्यक्रम स्थल ताली र हुटिङले गुञ्जियाे । लोकगायक कमलीकान्त भेटुवालले ‘झम्के गुलेली’ गाएर मञ्च झनै ताताए ।
साथमा स्थानीय प्रतिभाहरूको जोस र प्रस्तुति पनि कम थिएन । उमाङ लामा, सुरेन्द्र पुलामी, टीका मगर, विराट तामाङ, दखिन राई, अपन श्रेष्ठ, नविन दाहाल, सुनिता तामाङ, सुशान्त मगर, यमकुमार घिमिरे, पासाङ घिसिङ र मनिश गदाईली लगायतका कलाकारहरूले निरन्तर आकर्षक प्रस्तुति दिए ।
Register and Get a chance to win Smart Helmet every week!
Full Name
Phone Number
Address
Submit
skip
Thank you for your interest!
continuing to the quiz ...
Click here
Congratulations!
Please provide your Phone number
to continue playing.
You scored
+977
Submit
Share on Facebook
Take the next test
विशेषगरी, केयर एन्ड द लुङ्गा ब्यान्डको रकफ्युजन प्रस्तुति र विराट तामाङका जोसिला स्टेज एक्सप्रेसनले युवा दर्शकलाई झुमायो ।
साँझ ढल्दै जाँदा मञ्चको प्रकाश र ध्वनिले वातावरणलाई झनै जादुमय बनाएको थियो । दर्शकहरू मोबाइलका फ्ल्यास बालेर आफ्नो मनपर्ने कलाकारसँग गुनगुनाउँदै देखिन्थे ।
यो वर्षको कार्यक्रम मनकामना एकादशी मेलामा आयोजना गर्ने तयारी गरिएको थियो, तर लगातारको वर्षा र प्रतिकूल मौसमका कारण समय सारेर शुक्रबार आयोजना गरिएको हो ।
स्व. गायक खेमराज गुरुङले नेपाली संगीत, संस्कृति र साहित्य क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम आयोजना गरिने आयोजक क्लबका अध्यक्ष देवेन्द्र घिमिरेले बताए ।
प्रकाशित : कार्तिक २२, २०८२ १२:०३
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)