स्टन्डमा रमाएका बालेन र सुनितालाई महालेखाले देखायो ऐना, आर्थिक बेथितिमा पहिलो
barnanmedia.com · Fri May 16 22:24:13 GMT 2025

काठमाडौं महानगरपालिकाको नेतृत्वमा दुई युवा छन्। स्वतन्त्रबाट चुनाव लडेका बालेन शाह मेयर छन् अनि बालेनसँगै चुनाव भिड्ने भनेर तम्सिएकी तर पछि एमाले अध्यक्ष केपी ओलीले टिकट दिएपछि उपमेयरमा झर्न तयार भएकी सुनिता डंगोल। सुनिता दलबाट प्रतिनिधित्व गर्ने भएर उनीमाथि नत्थी छ। तर, बालेन भने मैमत्य छन्। उनी काम भन्दा पनि स्टन्डमा रमाइरहेका छन्। आर्थिक विकास र सुशासन होइन कि वर्तमान नेताहरूमाथि आक्रोश पोख्नु नै उनको पहिलो जिम्मेवारी बनेको छ। सुनिता पनि आगामी चुनावमा मेयरको उम्मेदवार बन्नेगरी स्टन्ड गरिरहेकी छन्।
तर, युवा जोडीको यो नेतृत्वलाई महालेखा परीक्षकको कार्यालयले ऐना देखाइदिएको छ। संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सरकारको अडिट गर्छ। आर्थिक बेथिति उजागर गर्छ। बेरुजु निकाल्छ अनि असुलउपर वा टुंगो लगाउन निर्देशन दिन्छ। कतिसम्म भने महालेखाले औंल्याएका विषयमा अख्तियारसहितका निकायले थप अनुसन्धान गरेर मुद्दा चलाउने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)