मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरंगी बजेट, पुरानै पारा

annapurnapost.com · Thu Jun 16 00:31:00 GMT 2022

सातवटै प्रदेश सरकारले बुधबार एकै दिन बजेट सार्वजनिक गरेका छन्। जनतामा उत्साह ल्याउने र आर्थिक रूपमा मुलुकलाई सुदृढ बनाउनेभन्दा पनि परम्परागत शैलीलाई नै सबैले पछ्याएका छन्। अर्थात्, सबैले नगद बाँडेर जनतालाई खुसी बनाउने प्रयास गरेका छन्। बजेटको सही सदुपयोग गर्नेभन्दा पनि कर्मकाण्ड मात्रै पूरा गरेका छन्। बजेट निर्माणको मुख्य आधार नै आगामी निर्वाचनलाई बनाएको देखिन्छ।

प्रदेशका बजेटमा सम्बन्धित प्रदेशको विकास र उत्थानभन्दा पनि दलीय भागबन्डा र पहुँचका आधारमा योजना बाँडफाँट गरिएका छन्। गण्डकी प्रदेशमा त सत्तापक्ष र विपक्षी सांसदका लागि रकम तोकेरै बजेट बाँडफाँटका समाचार प्रकाशित भए। अरू प्रदेशका बजेटमा पनि त्यसले राम्रै स्थान पाएको देखिन्छ। स्थानीय आवश्यकता र मागभन्दा पनि दलीय भागबन्डा, पहुँच र आगामी निर्वाचनलाई प्रभावित पार्ने गरी बजेट बनाइएका छन्। आवरणमा आकर्षक नारा दिए गुदीमा फरकपन छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)