जोगाऔं धरतीको मिर्गौला
annapurnapost.com · Thu Feb 03 05:38:00 GMT 2022
पृथ्वी अद्भुत छ। पृथ्वीमा पनि सिमसार झन् अद्भुत छ। सिमसार मानिसका लागि र स्वयं पृथ्वीको जीवनका लागि पनि अदभुत रूपमा महत्त्वपूर्ण ठाउँ हो। पानीको शुद्धीकरण, मानवीय स्वास्थ्य र पर्यावरणीय सन्तुलनका लागि सिमसारले योगदान दिइरहेको हुन्छ। जहाँ छिपछिपे पानी हुन्छ, दलदल हुन्छ, धाप हुन्छ त्यो सिमसार हो। खोलानाला, झरना र तालतलैयाको ओसिला ठाउँ सिमसार हुन्। पानीको शुद्धीकरणको मामलामा सिमसारलाई मानिसको शरीरको मिर्गाैलासँग दाँजिन्छ। विज्ञहरू सिमसारलाई धर्तीको मिर्गाैला भन्छन्। यसैबाट स्पष्ट हुन्छ कि जसरी मिर्गाैला फेल भएपछि मानिसको जीवन जटिल बन्छ, त्यसरी नै सिमसार बिग्रे धर्तीको सन्तुलन खल्बलिन्छ। जसै मानिस आफ्नो स्वास्थ्यमा ख्याल नगरी समस्या आएपछि मात्रै होसमा आउँछन्, धर्तीका हकमा पनि त्यस्तै भएको छ।
यो धराका धेरै सिमसार विस्तारै फेल हुँदै आइरहेका छन्। त्यसको प्रत्यक्ष प्रभावहरू देखिन थालिसकेका छन्, तै पनि मानिस ब्युँझिसकेका छैनन्। अर्थात्, अझै सिमसार मास्न उद्यत् छन्। देशैभरका सिमसार धमाधम घडेरीमा परिणत भइरहेका छन्। मानिसको सभ्यताको सुरुआत पानीका स्रोतहरूकै आसपास भएको पाइन्छ। पानीमाथि नै चाहिँ होइन। ‘विकसित’ र ‘सभ्य’ मानिएको मानव जाति भने पानीका स्रोतहरूलाई थिच्दै र मिच्दै बस्ती बसालिरहेको छ। संयुक्त राष्ट्र संघका अनुसार विश्वमा आधा मानिसको जीविकोपार्जनको आधार सिमसार हो। सिमसारको संवेदनशीलता ख्याल गरेरै संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९८५ देखि फेब्रुअरी २ लाई विश्व सिमसार दिवस मनाउन थालिएको थियो। २०४८ सालदेखि नेपालमा पनि यो दिवस मनाउन थालिएको छ। त्यसो त सन् १९७१ को फेब्रुअरी २ मा इरानको रामसार सहरमा सम्पन्न सिमसार सम्मेलनका सहभागी राष्ट्रले सिमसार संरक्षणसम्बन्धी अभिसन्धि पारित गरेका थिए। जसमा नेपाल सन् १९८७ मा पक्षराष्ट्र भइसकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)