कांग्रेस इतर पक्षले सोमबारदेखि सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने
baahrakhari.com · Fri Jul 03 14:02:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आउँदो सोमबारदेखि सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएको छ । पूर्वकार्यवाहक सभापतिको निवास गोल्फुटारमा शुक्रबार बसेको इतर पक्षको बैठकले उक्त निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
सोमबार नै शेरबहादुर देउवा समूहको विस्तारित बैठक बस्ने निर्णय भएको उनको भनाइ छ । बाह्रखरी सित उनले भने ,"त्यही दिन देउवा पक्षको पूर्वकेन्द्रीय सदस्यहरूको विस्तारित बैठक बस्ने टुंगो लगाएका छौँ । राष्ट्रिय भेलाको तयारीका लागि विस्तारित बैठक बस्ने छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)