सस्तोमा सुनको बुद्धको मूर्ति दिने प्रलोभनमा २१ लाख ठगीको आरोप पक्राउ
barnanmedia.com · Fri May 16 22:34:47 GMT 2025

सस्तोमा सुनको बुद्धको मूर्ति दिने प्रलोभनमा पारेर २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा काशीनाथ पौडेल पक्राउ परेका छन्। उनले दुई जनाबाट रकम लिएर भागेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनले सस्तोमा सुनको बुद्धको मूर्ति दिने भनेर मंसिर ८ मा भक्तपुरका प्रेमकुमार विकबाट १० लाख र काठमाडौं न्यूरोड बस्ने राजकुमार विकबाट ११ लाख ८५ हजार रुपैयाँ लिएर फरार भएको प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)