‘विद्युत् आयोजनाको बिमामा न्यूनतम शुल्क नतोक्नू’
ekantipur.com · Sat Feb 17 00:50:06 GMT 2024
काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत् आयोजनाको बिमामा न्यूनतम शुल्क (ट्यारिफ) नतोक्न बिमा प्राधिकरणलाई निर्देशन दिएका छन् । खुल्ला बजार नीतिअनुरूप जलविद्युत् आयोजनाको बिमा हुनुपर्ने भन्दै उनले बिमालाई प्रतिस्पर्धी (ननट्यारिफ) बनाउन निर्देशन दिएका हुन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले एवन रिइन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको नियमित कार्यक्रम फ्राइडे फोरमअन्तर्गत ‘जलविद्युत् बिमा नीति र दृष्टिकोण’ विषयक कार्यशालामा मन्त्री महतले ट्यारिफ र ननट्यारिफ भन्ने गलत अभ्यास भएको बताए । ‘बजारलाई स्वतन्त्र छोडिदिनुस्,’ उनले भने, ‘मार्केट रेटमा जानुस् । रियल रिस्क के हो, त्यसको आधारमा जानुस् । थोरै रिस्क हुनेले पनि धेरै तिर्ने कुरा जायज भएन ।’ जोखिम ट्रान्सफर गर्न बिमा गरिने भन्दै अर्थमन्त्री महतले सबैलाई एकैपटक समस्या नआउने र समस्या आएकाले समयमै दाबी भुक्तानी पाउनुपर्नेमा जोड दिए । बाढीले क्षति पुगेका आयोजनाले ९/९ महिनासम्म पनि दाबी भुक्तानी नपाउनु दुःखद् भएको भन्दै उनले ‘लिन मात्रै पाए हुन्थ्यो, दिन कहिले नपरे हुन्थ्यो’ भन्ने सोच नराख्न बिमा कम्पनीहरूलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)