मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खेविस अध्यक्ष नहटाउन अदालतको आदेश

ekantipur.com · Fri May 20 18:29:59 GMT 2022

पोखरा — उच्च अदालत पोखराले गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयलाई गत चैत २४ को मन्त्रिपरिषद् बैठकले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हटाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बदनियत र गैरकानुनी रूपमा अध्यक्ष पदबाट हटाइएको भन्दै ५ जिल्लाका खेलकुद विकास समितिका अध्यक्षले दायर गरेको रिट निवेदनमा अदालतले उक्त आदेश दिएको हो ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले शुक्रबार निवेदकको निवेदन मागअनुसार आदेश जारी हुनु नपर्ने भए आधार, कारण र प्रमाणसहित १५ दिनभित्र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशमा लिखित जवाफ पेस गर्न भनेको छ । साथै अन्तरिम आदेश जारी हुने नहुने सन्दर्भमा विषयवस्तुको संवेदनशीलता एवं गाम्भीर्यताका कारण दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै जेठ १० मा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)