चन्दा नदिए गाडी फुटाउने धम्की, रुपन्देहीका उद्योगी त्रसित
nepalpress.com · Tue May 19 08:52:29 GMT 2026

रुपन्देही । रुपन्देहीका एक उद्योगीलाई चन्दा माग्दै धम्की दिइएको घटना सार्वजनिक भएको छ । चैतन्य आरएमसी तथा निर्माण सेवा प्रालिका अध्यक्ष भरतकुमार पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको नाममा चन्दा माग गरिएको र नदिए उद्योगका गाडी फुटाइदिने धम्की आएको बताएका छन् ।
भैरहवामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पोखरेलले आफू लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको र पछिल्लो समय व्यावसायिक क्षेत्रमा पनि संलग्न रहेको बताए । उनले राजनीति, शिक्षा र व्यावसायिक अनुभवका आधारमा समाज र व्यक्तिको आचरण बुझ्ने क्षमता आफूसँग रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)