तनहुँको व्यास प्रमुखमा कांग्रेसका न्यौपाने निर्वाचित
baahrakhari.com · Sun May 22 23:52:00 GMT 2022
काठमाडौं । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार वैकुण्ठनाथ न्यौपाने निर्वाचित भएका छन् । गए राति सार्वजनिक अन्तिम मत परिणामानुसार उनले १२ हजार ७८ मत पाए ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २५२ मतान्तरले न्यौपाने विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)