स्वतन्त्र उमेदवारले प्रतिनिधि राख्न नपाउने भएपछि बालेनको आपत्ति
baahrakhari.com · Fri May 13 19:02:00 GMT 2022
काठमाडौैं । काठमाडौैं महानगरपालिका मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले मतगणनाामा स्वतन्त्र उमेदवारलाई प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन् । उनले पाँच जना स्वतन्त्र उमेदवारको एकजना प्रतिनिधि भन्ने कुरा निर्वाचन आयोगले जानकारी गराएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
“मतगणना गर्दा पाँच जना स्वतन्त्र उमेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उमेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उमेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उमेदवार र स्वतन्त्र उमेदवारको भिन्नता सोचिएको छैन,” उनले लेखेका छन्, “हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको ‘मतभार’ बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिँदैछ ?”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)