ट्वान्टी–ट्वान्टी विश्वकप : नामिबियाको पहिलो जित
ekantipur.com · Thu Oct 21 00:43:01 GMT 2021
अबुधाबी — डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा भएको खेलका क्रममा मैदानको तापक्रम ३६ डिग्रीसम्म पुगेको थियो ।
त्यसमै दक्षिण अफ्रिकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी विजले ५ छक्का र ४ चौका प्रहार गरे । त्यसकै मद्दतमा नामिबियाले ६ बल बाँकी छँदै १ सय ६५ रनको लक्ष्य पूरा गरेको थियो । विश्वकपमा नामिबियाको पहिलो ऐतिहासिक जित हो । यससँगै टोलीको सुपर १२ को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)