गाउँको शिक्षा र सुनौलो भविष्य
ekantipur.com · Sun Feb 18 00:30:53 GMT 2024
शिक्षा राज्य निर्माणको गर्ने सुनौलो आधार हो । शिक्षा राज्यको मेरुदण्ड हो । शिक्षा राज्यको विकास निर्माणको संवाहक हो । शिक्षाबिना देश समृद्धि र सुखी हुन सक्दैन । शिक्षाबिनाको राज्यको कल्पना गर्न सकिँदैन ।
हाम्रो देशमा शिक्षा त जनताले थोरबहुत पाएका छन् तर जसरी पाउनुपर्ने र दिनुपर्ने हो, त्यो एउटा औपचारिकतामा मात्र सीमित भएको भान हुन्छ । देशको सुगम ठाउँमा शिक्षाका क्षेत्रमा राम्रो विकास त भएको छ । जनताले आफ्नो हैसियतअनुसार शिक्षा पाउने गरेका छन् । आखिर जहाँ पढे पनि शिक्षा र ज्ञान प्राप्त गर्नु हो । देशको दूरदराजका जिल्ला र गाउँमा विद्यालय छन्, भौतिक पूवार्धार सीमित छन्, विद्यालयमा पढाउने शिक्षक छन् तर विद्यार्थी नगन्य छन् । राज्यको लगानी शिक्षामा जसरी हुनुपर्ने हो, त्यो भएको पाइँदैन । भौतिक पूर्वाधारले मात्रै पनि विद्यालयमा विद्यार्थी पढ्न आउने होइन, समग्र शैक्षिक अवस्था, शिक्षकबाट विद्यार्थीले पाउने शिक्षा र हासिल गरेको नतिजा कस्तो छ त्यसमा भर पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)