मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

onlinekhabar.com · Fri Jun 05 01:06:34 GMT 2026

२२ जेठ, चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गएराति कावासोतीबाट नारायणगढतर्फ आइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकलमा सवार नवलपुरको मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)